काठमाडौं । परराष्ट्र मन्त्री आर्जु राणा स्वदेश फर्किएकी छन् । शुक्रबार थाइल्याण्ड भ्रमणबाट परराष्ट्र मन्त्री राणा स्वादेश फर्किएकी हुन् ।
थाइल्याण्डमा युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिन एक हप्ता अघि थाइल्याण्ड गएकी थिइन् । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ छ ।
उनले भनिन्, “थाइल्याण्डको बैंकमा बैशाख ८ देखि १२ गतेसम्म आयोजित युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सेसनको अध्यक्षता गरी स्वदेश फर्कदै छु । मैले यूनएनएसक्यापको ओपनिङ सेसन र जनरल डिबेटको पहिलो खण्डको अध्यक्षता गरेकी थिएँ । मसँगै फिलिपिन्स र अरु पनि भ्वाइस प्रेजिडेन्ट भएर उठ्नुभएको थियो र मैले ओपनिङ र जनरल डिबेटको अध्यक्षता गरेपछि उहाँहरुले फेरि अध्यक्षता गर्नुभयो । यो यूएनको प्रणाली हो । एकजना अध्यक्ष र तीन चार जना भ्वाइस प्रेजिडेन्टहरु हुनुहुन्छ । त्यसपछि स्मेसल बडी लिस्ट डिभलप्ड ल्याण्ड लक्ड डिभलपिङ एण्ड स्मल आइल्याण्ड नेशन्स् को समेत अध्यक्षता गरेकी थिएँ । यो ग्रुप अफ कन्ट्रीज चाहीँ ९२ देश हुने रहेछ । त्यसको सेसनमा हामीले त्यसको अध्यक्षताले हामी एलडिसीको पनि अध्यक्ष हो । र नेपालको एउटा छवि इन्टरन्यास्नली अलिकति यसलाई राम्रो गरेको जस्तो हामीलाई लागेको छ । कार्यक्रमको साइड लाइनमा एसको एक्जुकेटिभ सेक्रेटरी महामहिम अर्मिदास आलिस्जाभानाबीच भेटघाट भयो । उक्त भेटमा मैले एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्न एस्क्यापले खेल्दै आएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा सो भुमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । यो चाहीँ हामीले दीगो विकासको लक्ष्यहरुलाई यो क्षेत्रले कसरी प्रर्सु गरिरहेको छ यसको लागि उहाँले टेक्निकल सहयोग पनि दिनुहुन्छ । र उहाँहरुले फण्डिङ मेकानिजमहरु अर डिसकसका फोरमहरु पनि अर्गनाइज गर्नुहुन्छ । त्यसमा हामीले कसरी उहाँहरुसँग कसरी लिने र अहिलेसम्म भएको सहयोगको हामीले धन्यवाद दियौँ । उहाँले यहाँ आएर विभिन्न कुराहरुको मिटिङहरु पनि गर्नुहुन्छ । यसले एलडिसीबाट ग्राजुएसन गर्दा व्यापार सम्बन्धी हामीले पाइरहेका सहुलियतहरुमा के हुन्छ, यसको स्टाटेजिहरु कसरी बढाउने भन्ने कुराहरुमा छलफल हुन्छ । र मैले मेरो भ्रमणमा सगरमाथा सम्बादसम्बन्धी पनि त्यहाँ कुराहरु राखेँ । त्यहाँ हुनुभएका प्रतिनिधिहरु युनएसका एक्जुकेटिभ सेक्रेटरी पनि आउँदै हुनुहुन्छ ।”
प्रतिक्रिया दिनुहोस्