काठमाडौं । समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २,४६८ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १६,७६९ अर्ब ९० करोड गरी कुल १९,२३८ अर्ब ५५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ भने रु.२ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद रु.१,३२७ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी रु.५६४ अर्ब ११ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६३० अर्ब ६९ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी रु.४२४ अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब २२ करोड बिक्री गरी रु.४२८ अर्ब ४१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्