Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकको स्मार्ट सेवा: अब सामान्य कामको लागि बैंक धाउनु पर्दैन

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई सेवा सुविधामा अझ सहज बनाउँका लागि स्मार्ट सेवा सुरू गरिरहेको छ । ग्राहकलाई घरबाटै विभिन्न बैंकिङ सेवाहरूको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यस सेवालाई सुरु गरेको हो । बैंकका अनुसार कार्ड सम्बन्धि सेवा, मोबाइल बैंकिङ र इन्टरनेट सेवा डिम्याट क्युआर मर्चेन्ट सेवा अनलाइनबाट नै लिन सकिने भएको हो ।

यी हुन् बैंकको स्मार्ट सेवाहरु:

कार्ड सम्बन्धी सेवा:

यदि ग्राहकहरुले नयाँ डेबिट कार्ड लिन चाहन्छन् भने उनीहरूले स्मार्ट सेवाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यस सेवा मार्फत कार्डको पिन रिफ्रेस गर्न र कार्ड हराएमा ब्लक गर्न पनि सकिने बैंकले जनाएको छ । यसका लागि बैंकमा जानु पर्दैन । ग्राहकले स्मार्ट सेवाबाटै यी कार्यहरू गर्न सक्नेछन् ।

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा:

ग्राहकहरूले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका सबै सामान्य कारोबारहरू स्मार्ट सेवाबाट गर्न सक्नेछन्, जस्तै पिन रिसेट, पासवर्ड रिसेट, खाता नम्बर परिवर्तन र अन्य सामान्य कार्यहरूका लागि बैंक धाउनु पर्दैन।

यो सबै काम घरबाटै सजिलै सम्पन्न गर्न सकिने बैंकले जानकारी दिएको छ ।

डिम्याट र क्युआर मर्चेन्ट सेवा:

ग्राहकहरूले स्मार्ट सेवामा डिम्याट खातासम्बन्धी समस्याहरूको समाधान पनि गर्न सक्ने बैंकले जनाएको छ । जस्तै सेयर रिक्वेस्ट, सेयर पासवर्ड पुन: सेट, सिआरएन नम्बर, र क्युआर मर्चेन्ट रेजिष्ट्रेशनका लागि बैंक धाउनु पर्दैन । सबै काम स्मार्ट सेवाबाट गर्न सकिने बैंकले जनाएको छ ।

स्मार्ट सेवा ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र बैंकको वेबपेज (वेबसाइट) मार्फत प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्