रिजर्भ बैंकले भनेको छ– अल इज वेल ।
आरबीएलका अन्तरिम सिईओ राजिव आहुजाको भनाई छ– अल इज वेल ।
तर यी दुबैको भनाईका बावजुद पनि विश्वास किन बढिरहेको छैन् । पर्दाभित्र केहि त पक्कै छ । आखिर आरबीएल बैंकमा भएको के हो ? कैयौं वर्षसम्म लगानीका लागि सबैका आँखा लाग्ने बैंकमा अनाचक यस बैंक र लक्ष्मी बिलास बैंक जस्तै खतराको डिलमा पुगेको प्रतित हुन्छ ।
त्यो भन्दा पनि ठूलो सवाल यो छ की आरबीएल बैंकका बारेमा न व्यवस्थापनले केहि भनिरहेको छ न त आरबीआईले नै मुख खोलिरहेको छ ।
रिजर्भ बैंकको भनाई छ की बैंकमा नगद प्रवाहको कुनै अभाव छैन् र खातावालाहरुको रकम सुरक्षित छ, डराउनु पर्दैन् ।
आरबीएल व्यवस्थापनको भनाई छ की शुक्रबारदेखि आइतबारसम्म जे जे भयो, त्यसको बैंकका दैनिक कार्यसँग र आर्थिक अवस्थामा कुनै सम्बन्ध छैन् ।
अर्थात न त निक्षेपकर्ताले डराउनुपर्ने अवस्था हो न त लगानीकर्ताले नै चिन्ता लिनुपर्ने अवस्था नै हो । तर यति भन्ने वित्तिकै सबै स्पष्ट त पक्कै पनि हुन्न । यसको असर थियो की सोमबार आरबीएलको सेयर मूल्य २३ प्रतिशतले ओरालो लाग्यो ।
आरबीएल बैंकको भविष्य के हो ?
अधिकांश लगानीकर्ताहरुलाई लागिरहेको छ की अब यो बैंकको सेयर निकै सस्तो भैसकेको छ । त्यसकारण पनि मंगलबार सेयर मूल्यमा केहि सुधार देखिएको थियो । तर त्यसको मतलब यो होइन की मामला सकियो । वास्तवमा बैंकमा आँखा लगाउने अधिकांश मानिसहरुले भनिरहेका छन् की आरबीआई र बैंककै तर्फबाट धेरै कुरा बाहिर आउन बाँकी छ ।
यो प्रकरणमा नियामक र बैंक दुबैको भूमिका माथि गम्भिर प्रश्नहरु उठिरहेका छन् । र उनीहरु तथ्य उजागर हुने र बैंकको भविष्यबारे स्पष्ट हुने आशामा छन् । शुक्रबार आरबीआईले आरबीएलको सञ्चालक समितिमा आफ्नो तर्फबाट प्रमुख जनरल मेनेजर योगेश दयाललाई नियुक्त गर्न निर्देशन दियो । त्यसको अघिल्लो दिन मात्रै आरबीएलका एमडी तथा सिईओ विश्वविर आहुजा लामो मेडिकल छुट्टी लिएर हिडेका थिए ।
छुट्टी त नाम मात्रैको थियो किन की आहुजाको कार्यकाल अब ५ महिना मात्रै बाँकी थियो ।
बैंकले यसअघि आहुजालाई तीन वर्षका लागि सिईओ बनाउन प्रस्ताव गरेको थियो तर आरबीआईले एक वर्ष मात्रै समय थपिदियो । त्यसकारण आहुजाको छुट्टीलाई राजीनामा सम्झिँदा हुने अवस्था छ । बैंक सञ्चालकले आहुजाको उत्ताराधिकारीका रुपमा राजीव आहुजालाई अन्तरिम सिईओ नियुक्त गरेको छ ।
रिजर्भ बैंकको हस्तक्षेप
पछिल्लो चार दिनमा आरबीआई र बैंक व्यवस्थापनले बैंकको अवस्था ठिक छ भनेर बुझाउने निकै कोशिस गरिसकेका छन् । बैंकमा कुनै गडबडी छैन्, निक्षेपकर्ता र सेयरधनीले चिन्ता लिनु नपर्ने वयानहरु आईरहेका छन् ।
तर पनि यो स्पष्ट पारिएको छैन की एक निजी बैंकमा आरबीआईले किन हस्तक्षेप गर्यो ? सञ्चालक समितिमा आफ्नो प्रतिनिधी किन पठायो ?
पछिल्ला कैयौं वर्षदेखि बैंकका लागि गतिलो अनुहार बनेका विश्वविर आहुजा अचानक किन गए ? वा उनलाई बाहिर जाने बाटो देखाईयो की ?
यो प्रश्न यसकारण पनि महत्वपूर्ण छ की बैंक अफ अमेरिमा लामो अनुभव बटुलेर विश्वविर आरबीएलको आएका थिए र बैंकको प्रगतिमा उनको अहम भूमिका छ ।
बैंकिङ क्षेत्रमा बैंकको भविष्य सिईओको हातमा मुलतः हुने बताइन्छ र सिईओको कुर्सीमा को छ भन्ने कुराले पनि अर्थ राख्छ । एउटा बैंकमा सिईओको विदाईले निकै ठूलो अर्थ राख्छ । त्यसमाथि पनि आरबीआईले आफ्नो तर्फबाट सञ्चालक नियुक्त गर्नु सामान्य कुरा पक्कै पनि होइन् ।
यसको सिधा अर्थ हो की आरबीएलको कारोबार र गतिबिधीमा केहि गडबडीको आंशकासहित आरबीआईले सुक्ष्म निगरानी गर्न सञ्चालक नियुक्त गरेको हो । पछिल्लो समय आरबीआईले लक्ष्मी बिलास बैंक, यस बैंक, उज्जीवन स्मल फाइनान्स बैंक र जम्बु एण्ड कश्मिर बैंकमा सञ्चालक पठाएको थियो ।
सोमबार आरबीआईले भनेको थियो की बैंकहरुलाई सहाराको आवश्यकता महसुश गरेपछि सञ्चालक पठाउने गरिएको छ । तर आरबीआईले स्पष्ट पारेको छैन की आरबीएललाई किन र कस्तो सहारा आवश्यक परेको हो ?
कैयौं अनुत्तरित प्रश्न
पछिल्लो केहि वर्षको कारोबार हेर्ने हो भने सन २०१० मा विश्वविर आहुजाले बैंक सम्हालेपछि बैंकको आकार २५ गुणाले वृद्धि गरिदिएका छन् ।
रत्नाकर बैंकको नाम बदलेर आरबीएल बनाए र सन २०१६ मा आइपीओ जारी गरे । आरबीएलको आईपीओका लागि ७० गुणा बढी आवेदन परेको थियो । पछिल्लो केहि वर्षमा पनि बैंकले राम्रो मुनाफा गरेको थियो, यद्यपी बैंकको खराब कर्जा(उठाउन नसकिने)को हिस्सा भने बढेको थियो र त्यसले नाफामा प्रभाव पारेको थियो । क्रेडिट कार्ड कारोबारमा बैंक पाँचौं नम्बरमा छ । यसमो आरबीएलको मुनाफा पनि निकै राम्रो छ ।
प्रतिक्रिया दिनुहोस्