Shikhar Insurance
National Life

तार काटिएपछि चितवनसँगको सम्पर्क टुट्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १४:३०
Hyundai
NCELL
NIMB

चितवन । नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले आइतबार नेट सट साउन गरेका छन् । पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प भएका छन् ।

सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारीे आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् । कुनै पनि बहानामा इन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरी इन्टरनेट सेवा सुचारु गरिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार काटेको थियो । त्यस लगत्तै सेवा प्रदायकका कर्मचारीहरूले विरोध र्‍याली निकालेका थिए । पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहँदै आएको छ । उनीहरूको विवादमा आम सेवाग्राहीहरू पिल्सिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्