काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम राखेको हो ।
सुनको मूल्यले जेठ २५ गते प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा रेकर्ड राखेको थियो । आज सुनको मूल्यले सो रेकर्डलाई तोडेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ । सुन अघिल्लो दिन(शुक्रबार) १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ रहेको छ । अघिल्लो दिन १ लाख ४३ हजार ७०० रुपैयाँमा सुन खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्