Skip to content
Shikhar Insurance
National Life

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

Hyundai
NCELL
NIMB

बाजुरा । जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।

लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्नसक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

पहिरोको जोखिममा रहेका घर तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई वर्षा धेरै भई पहिरोको त्रास भएमा नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित स्थलमा वा छिमेकीको घरमा जान जोखिमबाट टाढा रहन आग्रह गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

बाढी, पहिरोलगायतका विपद्का घटना हुने आशङ्का लागेमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको टेलिफोन नं ९८६४३१४०६६ र ९७५४१३१४ मा सूचना दिन प्रजिअ अधिकारीले अपिल गरेका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्