Skip to content
Shikhar Insurance
National Life

राजधानीमा मेलम्चीको खानेपानीः बर्षाको नाममा ५ महिनादेखि आपुर्ति ठप्प, पुनः शुरु हुन चुनावै कुर्नु पर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । राजधानीमा खानेपानीको समस्या पुनः शुरु भएको छ । राजधानीमा विगत ५ महिनायता मेलम्चीको खानेपानी आपुर्ति बन्द हुँदा समस्या पुनः शुरु भएको हो ।
उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरकाे जनसंख्या दिन दुई गुणा र रात चार गुणा जस्तोले बढ्दो छ । तर, यहाँ खानेपानीको माग अनुसारको आपुर्ति भने दशकौं पहिलादेखि नै नभएको हो ।

सत्तामा रहने राजनीतिक दल र सम्बन्धित निकायको पहलमा आंकिश क्षेत्रमा मेलम्चीको खानेपानी आपुर्तिले केही राहत गत जेठसम्म पाएका थिए । तर, बर्षाको बहाना गर्दै सो राहत पनि गत जेठ १७ गतेदेखि बन्द गरिएपछि अहिले राजधानीबासीको मुख्य समस्या नै खानेपानी आपुर्ति भएको छ ।

गत जेठ १७ गते वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौं उपत्यकामा ल्याइएको पानी सुरुङमार्ग बन्द गरिएको थियो । सो सुरुङमार्ग बन्द भएको ५ महिना बित्न लाग्दा पनि अब कहिले खुला गरिने भन्ने टुगों छैन ।

बर्षाले असर पर्ने भन्दै अग्रिम सावधानी अपनाउँदै बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

‘कहिले खोलिन्छ एकिन छैन, यद्धपी सुक्खा मौसम लागेपछि वैकल्पिक प्रणालीबाट राजधानीमा पानी ल्याउने योजना बनाएका छौँ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले सिंहदरबारसँग भने, ‘हाल कुनै पनि कार्य योजना बनाएका छैनौं, बाढी आउने क्रम रोकिएको छैन, बर्खायम सकिएपछि बाटोहरु मार्मत गरी वैकल्पिक प्रणालीबाट फेरि राजधानी पनि ल्याउने छौं । सम्भवत चुनाव अगावै राजधानीमा मेलम्चीको खानेपानी आउँछ ।’

राजधानीमा वैकल्पिक प्रणलीबाट पानि ल्याउनका लागि हेलम्बु गाउँपालिकासँग सहकार्य भइरहेको उनले जानकारी दिए । वर्खायम सकिए पछि काम सुरु गरी आगमी मंसिर महिनामा रहेको चुनाव अगाबै अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने उनको भनाइ हो ।

अहिले मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएदेखि टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश नपरोस भनेर गत जेठ १७ गतेदेखि मूल ढोका बन्द गरिएको हो ।

साढे २ महिनामै मेलम्चीको पानी आपुर्ति बन्द
विसं २०४९ सालदेखि शुरु गरिएको मेलम्ची खानेपानी परियोजना गत फागुनमा सम्पन्न गरिउको थियो । जसको १ महिना परिक्षण अवधि राखेर चैतदेखि नियमित वितरण शुरु गरिएको हो ।

चैत महिनादेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउँदा दैनिकजसो आफ्नो घरको धारामा पनि पानी आउँदा उपत्यकाबासीलाई खुसी भएका थिए । तर मेलम्चीको पानी बर्खायमका कारण बन्द भएसँगै हाल उपत्यकाबासीले खानेपानीको समस्या पुन झेल्नु परेको छ ।

काठमाडौं खानेपानी विकास समितिको पहलमा सहरी विकास मन्त्रालयलले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा बाग्मतीको पानी प्रशोधन गरी राजधानीबासीलाई वितरण गरिरहेको छ । तर, ११ दिनमा १ पटक वितरण हुने सो पानी राजधानीबासीलाई ‘हात्तीको मुखमा जिरा’ जस्तै भएको छ ।

अघिल्लो वर्षको फागुनमा पहिलो पटक पानी वितरण सुरु गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि सोही वर्षको असार १ गतेबाट सुरुङ बन्द भएको थियो ।

सोही दिनमा आएको बाढीले त्यहाँ हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन । सोही कारण गत वर्ष भने बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएका बताइएको छ ।

जसको मर्मत सम्भार गरेर गत चैतदेखि पानी सुरूङमार्गमा पठाइएको थियो । बाढी आउनु अगावै सुरुङमार्ग बन्द गरेकै कारणले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा वितरण गरिएको थियो ।

यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै जेठ १७ गते नै मुहानमै पानी बन्द गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्