Skip to content
Shikhar Insurance
National Life

अपर हेवाखोला हाइड्रोपावरको लकइन अवधि असार ३१ गते सकिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको लकइन अवधि असारमा सकिने भएको छ । कम्पनीलले जेठ २७ गते (आज) एक सूचना प्रकाशन गर्दै ३५ लाख ३० हजार कित्ता सेयरको लकइन अवधि असार ३१ गते सकिने जानकारी दिएको हो ।

कम्पनीको संस्थापक सेयरधनीको ३० लाख कित्ता, कम्पनीका कर्मचारीको ३० हजार कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ५ लाख कित्ता सेयर लकइनमा रहेको छ।

लकइन अवधि सकिएपछि यी सेयरहरू कारोबार गर्न सकिनेछ। तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्