Skip to content
Shikhar Insurance
National Life

सामाजिक टेलिचलचित्र खहरेघाटको प्रशारण सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सामाजिक कथा बस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण सुरु भएको छ । असार १८ गते शनिबार बेलुकादेखि नेपाल टेलिभिजनबाट टेलिचलचित्र प्रशारण सुरु भएको हो । निर्माणपक्षका अनुसार टेलिचलचित्र प्रत्येक शनिबार साँझ ७ः३० बजे प्रशारण हुनेछ ।

रंगकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देश भक्त खनाल, बिद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोस थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रिता थापा, शशी थापा, दिनेश खड्का लगायतको अभिनय रहेको छ ।

टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गरेकी हुन् । आनन्द प्रभाकर घिमिरेको छायांकन रहेको टेलिचलचित्रमा समिर मियाको सम्पादन तथा शशी बिक्रम थापाको शीर्ष गीत रहेको छ । त्यस्तै,आनन्द प्रभाकर घिमिरे र हरी भण्डारी निर्माता रहेको टेलिचलचित्रका कार्यकारी निर्माता निदेश अधिकारी हुन् ।

टेलिचलचित्रमा उतारिएको ‘खहरेघाट’ २०६३ को नाटक महोत्सवमा पुरस्कृत भएको थियो । सोही नाटकलाई निर्देशक अनुरागले टेलिचलचित्रमा रुपमान्तरण गरेका हुन् । सुकुम्बासी वस्तिको कथा देखाउन खोजिएको टेलिचलचित्र देशका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्