Skip to content
Shikhar Insurance
National Life

देउवा सरकारमा २४ प्रतिशत महिला, २८ प्रतिशत जनजाति, २० प्रतिशत मधेसी र ४ प्रतिशत दलित

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।

देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ ।

कांग्रेसबाट उमा रेग्मी, जसपाबाट रेणुकुमारी यादव र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री मन्त्री भएका छन् । देउवा सरकारमा २४ प्रतिशत महिलाको सहभागिता रहेको छ ।

यस्तै, सरकारमा जनजाति समुदायबाट मन्त्री बन्नेको संख्या २८ प्रतिशत छ । आदिवासी जनजातिबाट शशी श्रेष्ठ, उमेश श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम बहादुर आले, कृष्णकुमार श्रेष्ठ र भवानीप्रसाद खापुङ मन्त्री बनेका छन् ।

यस्तै, मधेसी समुदायबाट उमाकान्त चौधरी, महिन्द्र राय यादव, रेणुकुमारी यादव, बोधमायाकुमारी यादव मन्त्री बनेका छन् । दलितबाट एकजना मात्र मन्त्री बनेका छन् । महेश्‍वरजंग गहतराज माओवादी केन्द्रबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

 

क्र.सं.   नामथर पदनाम कार्यविभाजन
1.               श्री शेरबहादुर देउवा प्रधानमन्त्री
2.               श्री बालकृष्ण खाँण मन्त्री गृह
3. श्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री सञ्चार तथा सूचना प्रविधि
4. श्री पम्फा भुसाल मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ
5. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
6. श्री विरोध खतिवडा मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
7. श्री जनार्दन शर्मा मन्त्री अर्थ
8. डा. मीनेन्द्रप्रसाद रिजाल मन्त्री रक्षा
9. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी
10. डा. नारायण खड्का मन्त्री परराष्ट्र
11. श्री रेनुकुमारी यादव मन्त्री भौतिक पूर्वाधार तथा यातायात
12. श्री प्रेम बहादुर आले मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
13. श्री दिलेन्द्रप्रसाद बडू मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
14. श्री देवेन्द्र पौडेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
15. श्री महिन्द्र राय यादव मन्त्री कृषि तथा पशुपन्छी विकास
16. श्री उमा रेग्मी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
17. श्री शशी श्रेष्ठ मन्त्री भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण
18. श्री रामकुमारी झाक्री मन्त्री सहरी विकास
19. श्री गजेन्द्रबहादुर हमाल मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
20. श्री रामसहाय प्रसाद यादव मन्त्री वन तथा वातावरण
21. श्री कृष्णकुमार श्रेष्ठ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
22. श्री महेश्‍वरजंग गहतराज मन्त्री युवा तथा खेलकुद
23. श्री उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
24. श्री भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
25. श्री बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
GBIME

प्रतिक्रिया दिनुहोस्