काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य २ हजार ७०० रुपैयाँले घटेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन(शुक्रबार) सुनको मूल्य १ लाख ४४ हजार ७०० रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्