Skip to content
Shikhar Insurance
National Life

संसद‍्मा विद्युत विधेयक छिट्टै पेस हुन्छ: ऊर्जामन्त्री बस्नेत

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंकाे भृकुटीमण्डपमा आज शुक्रबारदेखि सुरु नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसदमा छिट्टै विद्युत विधेयक पेस गर्ने  बताए । मन्त्री बस्नेतले अहिलेको अधिवेशनबाट नै टुङ्गाउने बताएका हुन्।

विद्युत विधेयकले ऐनको रुप लिइसकेपछि ऊर्जा क्षेत्रमा उत्पादनको वृद्धिदेखि प्रसारणलाइनको विस्तारका साथै वितरण प्रणालीलाई गुणस्तर बनाउन पनि सहज हुने उनले बताए। उनले मुलुक इलेक्ट्रिक भेइकल(इभी)को युगमा प्रवेश गरेको भन्दै सहज रुपमा चार्जिङ गर्न सबै रुपमा चार्जिङ स्टेसन निर्माण गर्ने योजना गरेको बताए । ऊर्जा उत्पादन बढ्दै जाँदा यसको खपत बढाउनका लागि इभीका प्रोत्साहन गरिने उनको भनाइ छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एसाेसिएसन अफ नेपालले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो ।

भदाै १७ गते आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने प्रदर्शनीको उद्देश्य मुलुकमा बढ्दो उत्पादित जलविद्युतको विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रुपमा सवलिकरण गर्ने रहेको आयोजकले जनाएको छ ।उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी स्टल छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्