Skip to content
Shikhar Insurance
National Life

बाढी पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई माधव नेपालको आव्हान

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बाढी पहिरो प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । देशभर सुरु भएको अविरल मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लामा बढी धनजनको क्ष्ति भएकोमा दुःख प्रकट गर्दै उनले उद्धार र राहतमा तदारुकताका साथ काम गर्न सरकारसँग आग्रह पनि गरेका छन् ।

‘ बाढी(पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु। साथै प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको गंभीर ध्यानाकर्षण गराउॅछु ।’, पूर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले भनेका छन् । अझै केहि दिन मनसुन कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएकाले नदि तटिय क्षेत्रका नागरिकहरुलाई सचेत रहने आव्हान पनि पनि गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्