Skip to content
Shikhar Insurance
National Life

मन नपरेका पार्टी र नेतालाई हराउन पाइन्छ तर गणतन्त्रको विरुद्ध जान पाइँदैन : गृहमन्त्री लेखक

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् । शुक्रबार पोखरामा गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानले दिएको स्वतन्त्राको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि गर्न पाइने छुट सबैलाई रहेको बताए । उनले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनमार्फत हराउन सकिने जानकारी दिए ।

उनले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भइरहेका प्रदर्शनलाई इंगित गर्दै लोकतन्त्रभित्र बसेर आफ्ना गनिविधि गर्नुपर्नेमा सचेत गराए । उनले जबरजस्ती र विध्वंसात्मक गतिविधिले देशलाई अस्थिरतातर्फ लैजाने भएकाले यसतर्फ सबैले सचेत हुनुपर्ने बताए । यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्नु र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सरकार तथा सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

गृहमन्त्री लेखकले सेवाग्राहीलाई सम्बन्धित निकायले सेवा दिँदा समस्या खडा गर्न नहुनेतर्फ सचेत गराए । उनले सेवाग्राहीको आवश्यक कागजात भएको नभएको शुरुमै जाँच प्रक्रिया गरेर सेवा दिनुपर्ने बताए ।

कर्मचारीले सेवा प्रदान गर्दा झन्झट नमानी असल व्यवहार गर्दा सेवाग्राहीको आधा समस्या समाधान हुने उनको भनाइ छ । गृहमन्त्री लेखकले मुलुकमा स्थिर सरकारको सुनिश्चिता गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट देशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धि वर्तमान सरकारको लक्ष्य भएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्