Skip to content
Shikhar Insurance
National Life

यती एयरलाइन्सका यात्रुलाई क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । यती एयरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् ।

फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितीमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ् पास क्रोकोडाईल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिक सम्म रहनेछ । अनलाईनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेज मार्फत खरिद गरि प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् ।

क्रोकोडाइल लगेजका आधिकारीक विक्रेता देशैभरी रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाईल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, ‘हामीले दोश्रो पुस्ताको रुपमा लगेजको ब्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौं ।’

उनी थप्छन्, ‘उपभोक्तालाई अझ एफोर्डेबल प्राईस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्ड सँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल भएका हौं ।’

यती एअरलाइन्स र क्रोकोडाइल लगेज विचको यो सहकार्यले यती एयरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरुप जित्न सक्ने कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सले आफ्ना यात्रुहरु विच गर्ने लक्कि ड्र मार्फत विजेता घोषणा गरि उपहारहरु प्रदान गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्