Skip to content
Shikhar Insurance
National Life

वर्ष २०८१ : ‘बुल’ सहित सर्वाधिक कारोबारको रेकर्ड, २०८२ मा नयाँ रेकर्ड कायम होला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । २०७९ देखि १८ सय बिन्दुबाट २२ सयको बिन्दुबाट माथि जान नसकेको सेयर बजारले २०८१ सालमा भने ३००० बिन्दुमा पुग्न सफल भयो । बैंक तथा वित्तिय संस्थामा वर्षैभरी अधिक तरलता, अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको नियुक्तिले सेयर बजारलाई ठूलो प्रभाव पार्यो ।

२०८१ सालको पहिलो कारोबार वैशाख २ गते आइतबार भएको थियो । सो दिन २.३५ अंकले घटेर २०२३.३५ को बिन्दुमा पुगेको थियो भने ३ अर्ब १ करोड २६ लाख बराबरको कारोबार हुँदा ७३ करोड २० लाख कित्ता बढी सयेर कारोबार भएको थियो । सो महिनामा ७ दिन सेयर बजार घटेको थियो भने ११ दिन सेयर बजार बढेको थियो । वैशाख महिना अन्तिम कारोबार दिन १९६६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

जेठ महिनामा भने सेयर बजारले लय समातेको थियो। जेठ महिनामा १९ सय बिन्दुदेखि २१ सय बिन्दुमा सेयर बजारले फन्कोमारि रहेको थियो । सो महिनामा ६ अर्ब २६ करोड सम्मको कारोबार भएको थियो ।

जेठ १ गते मंगलबार सेयर बजार ८.२६ अंकले सेयर बजार बढेर १९७४.२३ का बिन्दुमा पुगेको थियो । कारोबारमा भने सुधार थिएन । जेठ ३ गते सेयर बजार २० हजारको बिन्दुमा पुग्यो र कारोबार रकममा पनि सुधार आएको थियो ।

जेठ महिनाको अन्तिम कारोबार दिन २११२.१९ सयको बिन्दुमा रहेको बजार असार महिनाको पहिलो कारोबार दिन अर्थात २ गते सेयर बजार घटेर पुन २०९५.२५ को बिन्दुमा पुगेको थियो । असार ३० गते महिनाको अन्तिम कारोबार दिन सेयर बजार २२५७.५९ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

सरकार परिर्वत हुने र अर्थमन्त्री विष्णु पाैडेल आउने भनेपछि सेयर बजार उछाल आएको थियो । नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै सेयर बजारमा उत्साहजनक वृद्धि भएको हो ।

असार ३१ गते अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीद्धारा सपथ ग्रहण गरेका थिए । अर्थमन्त्रीमा पौडेल नियुक्ति भएपछि साउन १ गते सेयर बजार ७०.१८ अंकले बढढेर २३१०.५९ को बिन्दुमा पुग्दा कारोबार रकम १२ अर्ब बढी भएको थियो । यसपछि सेयर बजारले रुचाएको अर्थमन्त्रीको आगमन भएपछि सेयर बजारले दिनै पिच्छे नयाँ रेर्कड राख्न सफल भएको थियो ।

साउन महिनामा २३ सयको बिन्दुबाट सुरु भएको बजार सो महिनामा (साउन ३१ गते) नै बजारले नयाँ खुड्किलो पार गरेर ३०००.८१ को बिन्दुमा पुग्यो। कारोबरमा रेकर्ड राख्दै २९ अर्ब ३० करोड ५२ लाख रुपैयाँ बराबर कारोबार हुँदा ४ करोड ५१ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको थियो । काराेबार रकम  भने ३० अर्बसम्म भएकाे थियाे ।

साउन ३१ गते ३ हजारको बिन्दुमा पुगेको बजारले फेरी भदौ २ गते करेक्सनको यात्रामा गयो । सो दिन बजार ३४.४७ अंकले घटेर परिसुचक २९६६.३३ को बिन्दुमा पुगेर बन्द भएको थियो ।

सेयर बजार ३ हजारको बिन्दुबाट भने माथि जान सकेन । भदौ महिनाको अन्तिम कारोबार (३१ गते सोमबार) नै बजार २५८०.७६ को बिन्दुमा झरेको थियो भने कारोबार रकम ७ अर्ब १६ करोड बराबर संकलन हुँदा १ करोड ४१ लाख बढी कित्ता सेयर किनबेच भएको थियो ।

बजारले ३२ सयको रेकर्ड ब्रेक गर्ने बताए पनि रेकर्ड भने ब्रेक हुन् सकेन । यसपछि बजारमा केहि करेक्सन आयो । असोज महिनामा बजार २४ सयको बिन्दुमा पुगेको बजार फेरी सोहि महिनामा नै २७४२.८८ को बिन्दुमा पुग्दा बजार ४३.२२ अंकले  बढेको थियो भने कारोबार रकम साढे ५ अर्ब रहेको थियो ।

कार्तिक महिनामा भने बजारमा केही मात्रामा सुधार देखिएको थियो । कार्तिकमा बजार २६ र २७ सयको बिन्दुमा नै घुमिरहदाँ कारोबार रकममा पनि थपघट भएको थियो । महिनाको अन्तिम काराेबार दिन भने बजार २७४८.७८ को बिन्दुमा पुगेर बन्द हुँदा कारोबार रकम भने १० अर्ब ९ कराड पुगेको थियो ।

मंसिर महिनाको पहिलो कारोबारा दिन बजार ४.९८ अंकले बढेर बजार २७५३.७६ को बिन्दुमा पुग्दा ११ अर्ब ५६ करोड कारोबार हुँदा २ करोड ११ लाख कित्ता सेयर बिनबेच भएको थियो ।

पुस महिनाको पहिलो कारोबार दिन २६३०.९१ को बिन्दुबाट खुल्ला भएको बजार पुसको अन्तिम कारोबार दिन बजार २५९४.१३ को बिन्दुमा झरेर बन्द भएको थियो । कारोबार रकम भने ७ अर्ब सम्म पुगेको थियो ।

माघ महिनामा पनि बजारले लय लिन भने सकेन । उक्त महिनापनि बजार २५ देखि २७ सयको बिन्दुमा मात्रै पुगेको थियो ।

फागुन महिनामा भने बजारले लयमा गएको थियो । फागुन १ गते पहिलो कारोबार दिन बजार ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा पुग्दा कारोबार रकम  ७ अर्ब ७४ करोड हुँदा १ करोड ३२ लाख कित्ता सेयर किनबेच भएको थियो । फागुन १५ गते बजार २८१५.०४ को बिन्दुमा पुग्दा ४९.२५ अंकले बढेको थियो । सो दिन कारोबार रमक भने ११ अर्ब २३ करोड बढी संकलन हुँदा २ करोड २२ लाख कित्ता बढी सेयर किनबेच भएको थियो ।

फागुन १५ देखि फागुन २२ गतेसम्म नै बजार २८ सयको बिन्दुमा नै यथावत रहेको थियो । लामाे समयकाे करेक्सन पछि फागुन १८ गते १४ अर्ब ११ करोड बढीको करोबार भएको थियो । उक्त महिनामा २८ सयको बिन्दुबाट बजार घटेर २७ सयको बिन्दुमा पुग्दा कारोबार रकममा पनि गिरावट आएको थियो ।

चैत ३ गते सेयर बजार दोहोरो अंकले घटेको थियो । बजार सो दिन २१.६३ अंकले घटेर २७१४.८५ को बिन्दुमा पुग्दा कारोबार भने ६ अर्ब २१ करोडको भएको थियो । चैत महिनामा पनि सेयर बजार घट्ने बढ्ने क्रम भने जारी नै रहेको थियो । २०८१ को अन्तिम कारोबार दिन चैत ३१ गते बजार ८.६२ अंकले बजार घटेर २६६२.०८ बन्द भएको छ । कारोबार वर्ष २०८१ मा सर्वाधिक कारोबार सहित बुल देखिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्