Shikhar Insurance
National Life

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड बन्यो ‘एनएसएल सिजन ३’ को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार १२:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ । यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ ।

नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध छ । एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ। बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुन: आफ्नो प्रभाव जमाउन दृढ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन(कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो।

हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कूटरले गति बढाउँदा अतिरिक्त बूस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ। यसको हलुका बडी, स्मार्ट मोटर जेनरेटर प्रणाली र द्यक्ट(कम्प्लाएन्ट फ्युल(इन्जिनले यसलाई आफ्नो खण्डमा सबैभन्दा इन्धन किफायती र पर्फर्मेन्स ड्रिभन स्कूटरहरू मध्ये एक बनाउँछ।

शहरको ट्राफिकमा चल्न होस् वा खुला सडकहरूमा क्रूज गर्न, रेजेडआर १२५ एफआई हाइब्रिडले उत्कृष्ट सवारी अनुभवको ग्यारेन्टी दिन्छ । नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी(आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन्।

यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको कम्पनले जनाएको छ । यसले नयाँ प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्दै देशभर फुटबलको लोकप्रियता बढाएको छ ।

यामाहाले नेपाली खेलकुदप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै एनएसएलको पहिलो सिजनदेखि नै काठमाडौं रेजर्सको स्पोन्सर रहँदै आएको छ । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले प्रतिस्पर्धात्मक भावना र उत्कृष्टताको संस्कृतिलाई प्रवर्द्धन गर्न युवा खेलाडी र फुटबलप्रेमीहरूको जोशलाई अझ ऊर्जा दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल नेपालकै अग्रणी दुई-पाङ्ग्रे ब्रान्ड हो। अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टिमा केन्द्रित भएर यामाहाले बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

यामाहा गुणस्तरीय सेवा र उत्कृष्ट ग्राहक हेरचाहमार्फत प्रत्येक राइडरलाई सुरक्षित र आरामदायी सवारी अनुभव प्रदान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्