Skip to content
Shikhar Insurance
National Life

‘यामाहा ब्लू फेस्ट’ आजदेखि सुरु, यस्ता छन् विशेष अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित ‘यामाहा ब्लू फेस्ट’ मार्फत दुई-पाङ्ग्रे सवारी प्रेमीहरूलाईआकर्षित पार्ने तयारी गरिरहेको छ । यो अवसर चैत्त २८ गते अर्थात आजदेखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ ।

एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाको मूल मूल्यहरूलाई परिभाषित गर्ने एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्नेछ।

यामाहा ब्लू फेस्टले प्रदान गर्ने एक्सचेन्ज डिलहरू

कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न सकिने

कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजारको मिनिमम भ्यालुएसन,

अन्य कुनै पनि ब्रान्डमा २५ हजार न्यूनतम मूल्याङ्कन ९ट्याक्स क्लियरेन्स अनिवार्य०,

एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्याङ्कन बोनस,

कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७।९९ प्रशितको फाइनान्सिंग,

यामाहा थ्रिल अफ थ्री योजनाको साथ १ लाखसम्म नगद छुटस्

थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १ हजार जित्न सकिने

विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्म नगद छुट जित्न सकिने,

यामाहा खरिद गर्नुहोस् गरी १ लाखसम्म नगद छुट जित्न सकिने ।

विविधतायुक्त र बलियो प्रडक्ट रेन्जको लागि परिचित यामाहा दैनिक यात्रुहरूदेखि रेसिंग उत्साही र एडभेन्चर खोज्नेहरूसम्म, हरेक प्रकारका राइडरहरूका लागि डिजाइन गरिएको छ । ARAI-प्रमाणित ७१.३३  kmpl इलेजका साथ नेपालको उच्चतम माइलेज दिने स्कूटर यामाहा RayZR 125FI हाइब्रिडदेखि स्पोर्टी र स्टाइलिश यामाहा R15 V4 सम्म, यामाहाले आफ्नो उच्च स्तरलाई कायम राखेको कम्पनीले जनाएको छ ।

बोल्ड स्ट्रिट प्रेजेन्स खोज्ने राइडरहरूले MT-15 V2 र FZ V3 सिरिजमा ध्यान केन्द्रित गर्न सक्छन्, जबकि Aerox 155 स्पोर्टी डिजाइन भएको पर्फर्मेन्स स्कूटरको रूपमा परिचित छ। अफ-रोड रोज्नेहरूले बलियो WR155R मा भर पर्न सकिन्छ । कम्पनीका अनुसार प्रत्येक यामाहा मेसिन उन्नत जापानी इन्जिनियरिङद्वारा संचालित छ जसले सुरक्षित, कुशल र रोमाञ्चक राइड अनुभव प्रदान गर्दछ।

यामाहा ब्लू फेस्ट एक्सचेन्ज इभेन्टका अफर तथा अवसरहरु

डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउने

कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू जित्न सकिने ।

गेमिङ जोन-एक्शन-प्याक फन र प्रतियोगिताहरूमा डुब्न पाउने

फेस पेन्टिंग

महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिन सकिने

फ्री एक्सेसरिज

यस बाहेक पनि अन्य धेरै कुराहरू

एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट गर्न यो वान-स्टप अवसर रहेको समेत कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई-पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्