Skip to content
Shikhar Insurance
National Life

याक र चौँरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवर्द्धनमा संगठित प्रयास गर्नुपर्ने बताएका छन् । याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताए । उनले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चौँरी पालन भएको जानकारी दिए ।

चौरीको दूधबाट बन्ने छुर्पी, छेनालगायतका वस्तु हिमाली क्षेत्रका समुदायको खानपानको मेरुदण्ड भएको उनको भनाइ छ । याक र चौरी पर्यटन प्रवर्द्धनको समेत आकर्षण केन्द्र भएको बताए । उनले याकको छाला र पुच्छरबाट निर्माण हुने वस्तुहरु विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । उनले चौरी पालनले हिमाली समुदायको आयआर्जन, खाद्य पोषण सुरक्षा, प्राङ्गारिक खेती, वातावरण सन्तुलन लगायतमा महत्त्वपूर्ण योगदान गरेको बताए । याक र चौँरी नेपालको पहिचान, गौरव र धरोहर भएको उनको भनाइ छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले नेपालमा शुरु गरिएको याक दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने बताए । उनले याक तथा चौँरी पालन गर्ने देशहरुको साझा संस्कृति र साझा सम्पतीको रुपमा विकास गर्नुपर्ने जानकारी दिए ।

उनले याक पालनलाई सम्बन्धित देशहरु नेपाल, भारत, चीन तथा भूटानले आन्तर्राष्ट्रिय सरोकारको विषय बनाउनुपर्नेमा जोड दिए । दिवस मनाउँदा याक पालन क्षेत्रमै गएर मनाउनुपर्ने उनको भनाइ छ । याकप्रतिको आकर्षण बढाउन तथा जैविक तथा आर्थिक महत्त्व उजागर गर्न सरकारले वैशाख ७ गतेलाई याक दिवस घोषणा गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्