Skip to content
Shikhar Insurance
National Life

विश्व वातावरण दिवस: प्लाष्टिक प्रदुषण अन्त्य गर्ने चेतनामुलक चित्रकला प्रदर्शनी (फोटो फिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ । वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरु केन्द्रित छन् ।

विश्व ताममान वृद्धि हुँदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्र मार्फत देखाइएको छ ।

प्रदर्शनीको मुख्य आकर्षक बनेको छ हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याक सहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको छ । जहाँ हिमाली क्षेत्रमा हिमाल आरोहीले फालेका प्लाष्टिकले याक सहित हिमाली क्षेत्रमा पारेको असर देखाइएको थियो ।

त्यसैगरी, मानव स्वास्थ्यमा प्लाष्टिकले पारेको प्रभाव, विश्व तापमान बढ्दै जाँदा हिमालहरुमा परेको असर लगायत प्रभाव झल्किने तस्बिरहरु पनि प्रर्र्दशनीमा राखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्