काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानूनहरु चाँडै पारित गर्नेगरी काम अगाडी बढेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले आगामी दिनमा सम्बन्धित मन्त्रालयको मात्रै विषय समेटेर कानून संशोधनको प्रयास गर्ने बताएका हुन् ।
मन्त्री चौरसियाले सांसद सोविता गौतमले उठाएको विषयमा जवाफ दिँदै आगामी दिनहरूमा सम्बन्धित मन्त्रालयलाई मात्रै समेटेर कानूनहरू ल्याउने बताए । उनले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा धेरै संशोधनहरू रहेको कारणले गर्दा धेरै समय लागेको बताउँदै आगामी दिनमा छिटो पारित हुनेगरी कानूनहरू ल्याउने जिकिर गरे । अहिलेको सरकारको कारण नेपाल ग्रे लिस्टमा पर्यो भनेर भाष्य बनाइएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस्