Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको छ: मन्त्री भण्डारी

Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको बताएका छन् ।

आइतबार काठमाडौंमा संयुक्त टे्रड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को महिला समितिले आयोजना गरेको चौथो राष्ट्रिय महिला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रोजगारीमा समान हकको कुरा गरिरहे पनि वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको बताए । उनले ५० हजार नेपाली महिलाहरु कुवेतमा रहेको र उनीहरु आधिकारिकता सरकारसँग नरहेको बताए ।

नेपालको कानूनले जान नदिएको तर उनीहरु कुवेतमा पुगेकोबारेमा गम्भीर हुनुपर्ने बताउँदै सरकारले फागुनको २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको पनि जानकारी दिए ।

उनले भने, ‘हामी रोजगारीमा समान हकको कुरा गरिरहेका छौँ । तर अहिले वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको छ । उसको रोजगारको कुरा भएको छैन । ५० हजार महिलाहरु कुवेतमा छन् । तर कहाँ छन्, कस्तो छन् भन्नेकुराको आधिकारिकता छैन । नेपालको कानूनले जान दिएको छैन । अन्तर्राष्ट्रिय मञ्चमा सुरक्षाको प्रत्याभुति नभएकाले हामीले निषेध गरेका छौँ भन्छौँ । यो एउटा बहसको विषय हुन्छ । हामी अहिले यही २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न गइरहेका छौँ ।’

मन्त्री भण्डारीले श्रम, ट्रेड युनियन ऐन, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा ऐन लगायतका ऐनहरु समयसापेक्ष बनाउन जरुरी रहेको बताए ।उनले सरकारले सोही कामअनुसार अहिले समयसापेक्ष बनाउने दिशातिर अघि बढिरहेको जिकिर गर्दै हरेक क्षेत्रलाई समय सापेक्ष बनाउनुपर्ने बेला भएको बताए ।

उनले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार हुने बताए । मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजि गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा सरकार लागिरहेको बताए ।

सरकारले आगमी दशकलाई रोजगार रोजगार दशकको रुपमा अघि बढाउने तयारी गरिरहेको बताउँदै भने, ‘हामीले हरेक क्षेत्रलाई रिफर्म गर्नुपर्ने बेला भएको छ । संविधानलाई परिपूर्णता दिनका निम्ति सम्पूर्ण ऐन, कानूनहरु नयाँ बनाउनुपर्ने दायित्व छ । त्यसकै आधारमा हामीसँग भएका श्रम, ट्रेड युनियन ऐन, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा ऐन सबैलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने भएकाले हामीले सबै ऐन परिमार्जन गर्ने प्रक्रियामा खुला छौँ ।’

कार्यक्रममा बोल्दै जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडाले महिलाले अवसर पाउँदा राष्ट्रपति भएर पनि राज्य सञ्चालन गर्नसक्ने कुरा प्रमाणित भइसकेको बताए ।

उनले अहिले पनि कार्यस्थलहरुमा पुरुष र महिलालाई हेर्ने दृष्टिकोण अलि फरक रहेको बताए । उनले विगतको राज्य सत्ता र पितृ सत्तात्मक व्यवस्था, पात्र र प्रवृत्तिको कारण अहिले पनि त्यस्ता केही प्रवृत्तिहरु रहेको बताए ।

उनले भने, ‘महिलाले अवसर पाउँदा राष्ट्रपति भएर पनि चलाउन सक्दा रहेछन् । पाउँदा प्रधानन्यायाधीश पनि बन्न सक्दा रहेछन् । सभामुख पनि बन्न सक्दा रहेछन् । त्यसलाई हामीले बुझ्न जरुरी छ । अहिले पनि कताकता हाम्रा कार्यस्थलहरुमा पुरुष र महिलालाई हेर्ने दृष्टिकोण अलि फरक छ । हिजोको राज्य सत्ता र हिजोको पितृ सत्तात्मक व्यवस्था, पात्र र प्रवृत्तिको कारण हो भन्ने बुझ्न जरुरी छ ।’

अध्यक्ष सिम्खडाले अधिकार मागेर नपाइने भन्दै अधिकार लडेर लिनुपर्ने बताए । उनले नेपालमा जनयुद्ध नभएको भए आज महिलाले यो अवसर नपाउनेउल्लेख गरे । सत्तामा पनि ३३ प्रतिशतको कुरा रहेको तर ५० प्रतिशत महिलाहरुको सहभागिता हरेक ठाउँमा हुनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्