काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC)को प्रोमोटर सेयरको लकइन अवधि २०८२ असार २९ गते सकिदै छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सर्वसाधारण लगानीकर्ताका लागि जानकारी समेत गराइसकेको छ ।
लिमिटेडको एकैपटक १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लकइन खुल्दैछ । यसरी एकै पटक ठूलो संख्यामा सेयरको लकइन खुल्दा सप्लाई धेरै भएर सेयर मूल्य घट्ने जोखिमका रुपमा समेत हेर्ने गरिन्छ ।
नेप्सेले उपलब्ध गराएको विवरण अनुसार संस्थापक सेयर धनिहरुको १ करोड १ लाख ९२ हजार ५०० कित्ता सेयर रहेको छ । संस्थाका कर्मचारीहरुको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुको १३ लाख ५० हजार कित्ता सेयरको लकइन खुल्दैछ ।
यी सबै सेयर नेप्सेमा लिमिटेडले प्राप्त गरेको मूल्य बराबर नै कारोबार हुन पाउँछ । उदाहरणका लागि सोमबार यो कम्पनीको मूल्य ४४८ रुपैयाँ कायम भएको छ । यदि असार २८ गतेको मूल्य पनि ४४८ नै हुन्छ भने लकइन खुलेको सेयर असार २९ गतेबाट ४४८ रुपैयाँमा नै कारोबार सुरु हुन्छ ।
संस्थापक लगानीकर्तामध्ये कुनै लगानीकर्ता बोर्डमा छन् भने ती व्यक्तिले थप एक वर्ष सेयर बिक्री गर्न पाउर्दैनन् । यदी बोर्ड सदस्यहरुले २०८२ असार २९ गते नै सेयर बिक्री गर्ने हो भने एक वर्ष अगावै बोर्डबाट राजिनामा दिएको वा पदावधि सकिएको हुनु पर्नेछ ।
पछिल्लो १ वर्षमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७ सय ५२ रुपैयाँ सम्म पुगेको छ भने सबैभन्दा कम प्रतिकित्ता ४ सय २० रुपैयाँ पुगेको छ ।
कम्पनीले आर्थिक वर्ष ०८०/०८१ मा २१ करोड २८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने कम्पनीको चुत्ता पुँजी १ अर्ब ३५ करोड रहेको छ । कम्पनीको पीई रेसियो ६१.८४ रहेको छ भने प्रतिशेयर आम्दानी (इपिएस) १२.१३ रुपैयाँ रहेको छ । कम्पनीको नेटर्वथ १ सय ३ रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीले १२ वर्षदेखि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको तथ्यांक छैन ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) यज्ञार्थ पोखरेल रहेका छन् । कम्पनीको अध्यक्षमा सुरेश लाल श्रेष्ठ रहेका छन् भने प्रबन्ध निर्देशकमा दिनेश लाल श्रेष्ठ रहेका छन् ।
कम्पनीको निर्देशक पदमा ४ जना रहेका छन् । जसमा शेखर कुमार राणा, कुसुम गोर्खाली, अजय कुमार दाहाल, महेन्द्र बहादुर श्रेष्ठ रहेका छन् । कम्पनीको लगानीकर्ताले लगानी प्रतिफल प्राप्त गर्न सकेको छैन । लगानीकर्ताहरुको लगानीको मुख्य आम्दानी नै दोस्रो बजार भएको स्पष्ट देखिन्छ । सोमबार (जेठ २६ गते) को मूल्यलाई आधार मान्ने हो भने प्रतिकित्ता ३४८ रुपंयाँ दोस्रो बजारमा बिक्री गर्दा नाफा प्राप्त गर्न सक्छन् । कम्पनीले निकट भविष्यमा समेत ठूलो लाभांस दिन नसक्ने भएकाले लगानीकर्ताले दोस्रो बजारलाई आम्दानीको स्रोत बनाउने स्पष्ट अनुमान गर्न सकिन्छ ।
यी हुन् ठूला लगानीकर्ता
सबैभन्दा धेरै लगानी बि.इ.एस.प्रा.लिको रहेको छ । कम्पनीको १९.३२ प्रतिशत अर्थात २६ करोड ७ हजार ६८ हजार रुपैयाँ बराबरको लगानी छ । संस्थापक लगानीकर्ता सुरेशलाल श्रेष्ठको ६.८५ प्रतिशत अर्थात ९ करोड २५ लाख २६ हजार ६ सय रुपैयाँ लगानी छ । त्यस्तै, दिनेशलाल श्रेष्ठको ६.८५ प्रतिशत अर्थात ९ करोड २५ लाख २६ हजार ७ सय रुपैयाँ लगानी छ । यसैगरी, प्रविन श्रेष्ठको ८.१५ प्रतिशत अर्थात ११ करोड ९१ हजार २ सय रुपैयाँ बराबरको लगानी छ भने रुकमणी देवी श्रेष्ठको १.१२ प्रतिशत अर्थात १ करोड ५१ लाख ४६ हजार २ सय रुपैयाँ बराबर सेयर लगानी छ ।
डिजे श्रेष्ठले २.४४ प्रतिशत अर्थात ३ करोड २९ लाख २२ हजार २ सय रुपैयाँ, राजेश लाल श्रेष्ठले ६.३१ प्रतिशत अर्थात ८ करोड ५१ लाख ५५ हजार ९ सय रुपैयाँ लगानी गरेका छन् । अन्य संस्थापक लगानीकर्ताहरुको १९.६२ प्रतिशत अर्थात २६ करोड ४८ लाख २५ हजार ८ सय रुपैयाँ रहेको छ भने स्थानीय सर्वसाधारणहरुले १० प्रतिशत अर्थात १३ करोड ५० लाख बराबरको सेयर लक इन अवधिमा रहेको छ ।
त्यस्तै, पदमलाल श्रेष्ठले १.६१ प्रतिशत अर्थात २ करोड १७ लाख ६२ हजार रुपैयाँ बराबरको लगानी छ भने प्रजोल लाल श्रेष्ठको ३.२२ प्रतिशत अर्थात ४ करोड ३५ लाख २५ हजार २ सय रुपैयाँ लगानी छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको स्थापना सन् २००९ मा भएको हो ।
यस कम्पनीले फेब्रुअरी २०१५ मा परियोजनाको निर्माण सुरु गरेर डिसेम्बर २०१९ मा पूरा गरेको थियो । परियोजनाबाट बिजुली उत्पादन सुरु गरी मार्च २०२० देखि बिक्री सुरु गरेको हो।
प्रतिक्रिया दिनुहोस्