काठमाडौं । आगामी वर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वका लागि यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ ।
यस वर्षका लागि ऋणको साबा व्याज भुक्तानीका लागि ३ खर्ब भन्दा बढि बजेट सरकारले छुट्याएको थियो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले अबको दुई दिनपछि अर्थात बिहीवार बजेट ल्याउँदैछ ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको संविधान र त्यहाँ राखिएको व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्छ । सोहीअनुसार निर्धारित दिनमै बजेट ल्याउनका लागि अर्थ मन्त्रालयले घनिभुत रुपमा बजेट निर्माणको कामलाई तिब्र पारेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दौडधुप बढेको छ, आज मात्रै अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर बजेटबारे बिफ्रिङ गरेका थिए ।
अर्थ मन्त्रालयले चारैतिरका ढोका थुनेर बजेट लेखनको कामलाई अन्तिम रुप दिइरहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने दिन दुई दिन मात्रै बाँकी रहँदा सरकारले अहिलेकै ठूलो बजेट खर्चै गर्न सकेको छैन ।
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई नयाँ सरकार बनेपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनको जिम्मेवारी पाएका थिए ।
सोमबारसम्म (जेठ १२ गतेसम्म) कुल बजेटमध्ये जम्मा ६६ प्रतिशत बजेट खर्च भएको छ । अझै सरकारले चालु आवका लागि ल्याइएको बजेटमध्ये ६ खर्ब ६१ अर्ब बजेट खर्च गर्न बाँकी छ । जहिल्यै ठूलो बजेट ल्याउने तर खर्च गर्न सरकार चुक्ने गरेको छ । यो अवधिमा सरकारले कुल खर्च ११ खर्ब ९९ अर्ब १७ करोड खर्च भएको छ । यस्तै, आम्दानीतर्फ सरकारले ९ खर्ब ८५ अर्ब ३३ करोड खर्च गरेको छ ।
चालु शिर्षकमा सरकारले अझै ३ खर्ब ३६ अर्ब बजेट खर्च गर्न बाँकी छ । अन्य शिर्षकमा भन्दा विकासतर्फ अति कम बजेट विनियोजन गरेको सरकारले त्यही ६ खर्ब गर्न सकेको छैन । पुँजीगत शिर्षकमा अझै सरकारले २ खर्ब २३ अर्ब भन्दा बढि रकम खर्च गर्न बाँकी छ ।
यस वर्षका लागि गत जेठ १५ मा बजेट ल्याएका नि:वर्तमान अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्रीले नै बजेट कार्यान्वयनमा चासो नदेखाउँदा खर्च हुन नसकेको बताउँछन् ।
उनकाअनुसार प्रधानमन्त्रीले नै चालु बजेटको खण्डन गर्दै हिँडेका छन्, चित्त नबुझे मध्यावधी बजेट ल्याउन सक्थे । बजेटको आलोचना गर्दै हिँडेका प्रधानमन्त्रीले मैले राम्रो गर्दैछु, अर्थतन्त्र सही दिशामा छ भन्दै हिँडेका छन् ।
उनले भने, ‘चालु वर्षको बजेटको खण्डन गनुहुन्छ । आर्थिक रुपले राम्रो प्रगति गर्दैछु । देशलाई ठिक ठाउँमा लैजाँदैछु भनेर प्रधानमन्त्रीले भन्नुहुन्छ । बजेट बेठिक हुने, नीति तथा कार्यक्रम बेठिक हुने अर्थतन्त्र ठिक हुने कसरी हुन्छ ? नीति कार्यक्रम, बजेटले नै अर्थतन्त्र ठिक गर्ने हो नी । नीति, कार्यक्रम बजेटलाई जुन रुपमा प्रश्तुत गरिएको थियो । त्यस स्प्रिडमा कार्यान्वयन गर्न प्रधानमन्त्री तयार हुनुभएन । कि नयाँ नीति कार्यक्रम, बजेट ल्याउनुपथ्र्यो, आर्थिक वर्षको विचमै, त्यो पनि नसक्ने, भएको बजेट पनि कार्यान्वयन गर्न नसक्ने दुविधाको अवस्था सिर्जना भयो ।’
प्रतिक्रिया दिनुहोस्