Skip to content
Shikhar Insurance
National Life

हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेन: सांसद केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले जारी गरेका अध्यादेशहरु पास भएपनि मुल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताए । संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्त्वपूर्ण कानूनहरु यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ ।

उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्