Skip to content
Shikhar Insurance
National Life

विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले वृद्धि

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ८.० प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.४३८ अर्ब ५२ करोड (२२.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.३९२ अर्ब ६४ करोड (२६.९ प्रतिशत) ले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा सञ्चित मुद्रा ९.८ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्