Skip to content
Shikhar Insurance
National Life

नाडालाई छायामा पार्दै किन खुल्यो नाइमा, किन एकजुट हुन लागे शक्तिशाली व्यवसायीहरु ?

Hyundai
NCELL
NIMB

काठमाडौं । अटोमोबाइल क्षेत्रको विकासका लागि काम गर्ने भनेर बनेको संस्था अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) बढि राजनिति हुन थालेपछि अर्को संस्था खुलेको छ । बुधबार (बैशाख ३ गते) नेपाल अटोमोबाइल इम्पोर्ट एण्ड म्यानुफ्क्चर्स एशोसिएसन (नाइमा) नाम दिएर फरक संस्था खुलेको हो ।

नाडामा राजनिति मात्रै धेरै हुने र नीतिगत लबिङमा कमजोर बन्न थालेपछि फरक संस्था बनेको हो । नयाँ संस्थाको संरचना नै फरक किसिमको छ । कम्पनी रजिष्टारको कार्यालयबाट अनुमति लिएर खोलिएको गैर नाफामुलक संस्था नाइमामा टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका संचालक ऋतुसिहं वैधको अध्यक्षतामा ११ सदस्यीय समिति बनेको छ ।

यो मोडेलमा महासचिव, सचिव, कोषाध्क्ष, सहसचिव जस्ता पद हुँदैनन् । कुनै कम्पनी संचालन भएझै संस्था संचालन हुनेछ ।

किन खुल्यो नाइमा ?

पुर्व अर्थमन्त्री जनार्दन शर्माको समयमा विदेशी मुद्राको संचिति घट्दै गएको भन्दै राष्ट्र बैंकले विभिन्न वस्तुहरुको प्रतित पत्र (एलसी) खोल्न कडाई गर्न सुरु गर्यो । राष्ट्र बैंकको संकेतपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गाडी र विभिन्न सेग्मेन्टका मोटरसाइकलहरुको आयातमा प्रतिबन्ध लगायो । यसको सूचना प्राप्त गर्न र डिफेन्स गर्न नाडा असफल रह्यो । सूचना प्राप्त गर्ने व्यवसायीहरु व्यक्तिगत लबिङमा लागेर एलसी खोल्न भ्याए भने कतिपय व्यवसायीहरुले केहि पनि गर्न भ्याएनन् ।

विशेषगरी, सरकारले प्रत्येक वर्ष ल्याउने आर्थिक ऐनमा गाडीमा करको विषयले प्राथमिकता पाउँछ । यसरी निर्धारण गर्ने कर वर्षेनी विवादित बन्ने गरेको छ । शक्तिशाली व्यवसायीहरुले आफ्ना कम्पनीलाई मात्रै फाइदा पुग्नेगरी लबिङ गरिरहेका हुन्छन् । यस्तो लबिङमा सवारी करमा न्यायोचित कर दर निर्धारण गर्न सरकार समेत असफल बनिरहेको छ ।

राष्ट्र बैंकले गत महिना मात्रै विद्युतिय गाडीको डाउनपेमेन्ट २० प्रतिशतबाट ४० प्रतिशत बनायो । यसमा नाडाले केहि पनि गर्न सकेन ।

पछिल्लो समय नीतिगत लबिङमा नाडा निकै कमजोर र संस्थागत रुपमा मुद्दा उठाउन नसक्ने भएको छ । आन्तरिक विवादको कारण भित्रभित्रै प्रतिष्पर्धा गरिहरेका छन् । अहिले पेट्रोलियम गाडी र विद्युतिय गाडीको नीतिगत लबिङमा चर्को प्रतिपर्धा छ । सरकारले विद्युतिय गाडीलाई प्रोमोट गर्ने गरी कम कर दर निर्धारण गरेको छ । यसरी कम कर निर्धारणमा विद्युतिय सवारी आयातकर्ताहरुले कम क्षमताको देखाएर कर छलि समेत गरिरहेका छन् ।

यी विषयहरुले नाडामै विभाजन सुरु भएको थियो । हाल नाडामा करण चौधरी अध्यक्ष छन् । उनीपछि को अध्यक्ष बन्ने भन्ने विषय अझै टुङगिसकेको छैन । नाडाले गरेको विधान संशोधनले पनि मुर्त रुप पाउन सकेको छैन । नाइमाले पोलिसि लबिङका लागि व्यवसायी सुरज वैधलाई अघि सारेको छ । वैधको उच्च राजनितिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । यसकारण वैधलाई अघि सारिएको हो । अटो क्षेत्रसँग जानकार एक व्यवसायी भन्छन्, “नाडाबाट कलेक्टिभ बार्गेनिङ गर्न नै नसकिने भयो, गोपनियतादेखी व्यापारिक स्वार्थ सहतमै देखिने गरी छताछुल्ल भयो । अब नाइमाले कलेक्टिभ बार्गेनिङको मार्ग प्रशस्त गरेको छ । नीतिगत लबिङ बलियो बन्छ ।”

संस्थामा सबै मुख्य लगानीकर्ताहरु मात्रै सहभागी छन् । यो संस्थामा प्रतिनिधिको रुपमा फरक व्यक्ति बस्न पाउने छैन । संस्थामा अटो क्षेत्रका २ शक्तिशाली घराना भने सहभागी भएका छैनन् । नेपालमा टाटा ब्राण्डको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङ प्राली, हिरो, सुजुकी, विभिन्न विद्युतिय गाडीको बिक्री गर्ने चौधरी ग्रुप र यामाहा, डीपल लगायत गाडी तथा मोटरसाइकल बिक्री गर्ने एमएडब्लु इन्टरप्राइजेजका संचालकहरु सहभागी छैनन् ।

नाइमामा को-को छन् व्यवसायी ?

समिति सदस्यमा किय र इसुजु बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङ इन्ट प्रालीका संचालक सुधिरराज घिमिरे सदस्य छन् । हंसराज हुलासचन्द एण्ड को लिमिटेड तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष शेखर गोल्छा पनि सदस्यमा बसेका छन् । उनले बजाज, केटिएम र पछिल्लो समय ट्रम्फ मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

होण्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने स्याकर ट्रेडिङका संचालक सौरभ ज्योति पनि सदस्य रहेका छन् । यस्तै, महिन्द्रा र जावा कम्पनीको मोटरसाइकल बिक्री गर्ने अग्नी इन्कर्पोरेटका संचालक क्याबिनेट श्रेष्ठ सदस्य छन् । सिट्रोन, लिफमोटर पिउगटको गाडी बिक्री गर्ने सांग्रिला मोटर प्रालीका संचलक हेमन्त गोल्छा सदस्य छन् ।

यस्तै, ओमोडा जेको र निशानको गाडी बिक्री गर्ने सन्दिप कुमार शारडा पनि सदस्य छन् । हुण्डाई, एसएमएल, इसुजु, काईई, बीएमडब्लुको गाडी बिक्री गर्ने लक्ष्मी मोटर कर्पोरेशनका संचालक निराकार श्रेष्ठ पनि सदस्य छन् । बीवाईडीको गाडी बिक्री गर्ने साइमेक्स इंक प्रालीका संचालक यामुना श्रेष्ठ पनि सदस्य बनेका छन ।

एमजी, विलिङ, माज्डाको गाडी बिक्री गर्ने पारामाउण्ट मोटर्स प्रालीका संचालक निकुञ्ज अग्रवाल पनि सदस्य छन् । भारतबेञ्चका गाडी बिक्री गर्ने ओम्नी मोटर प्रालीका संचालक उदय काब्रा पनि संचालक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्