Skip to content
Shikhar Insurance
National Life

के बोलेको त्यो.. भन्दै प्रधानमन्त्री ओलीले धम्क्याएको एकै दिनमा किन भए गगन थापा ‘यु’ टर्न ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनितिमा एउटा अनौठो शैली छ । आफ्नो समर्थन गर्नेलाई काखी च्याप्ने र विरोधिलाई तह लगाउने ।

केहि दिन यता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री गगन थापाबिच बिचौलियाको विषयलाई लिएर भनाभन चलिरहेको छ । बैशाख २ गते एक कार्यक्रममा महामन्त्री थापाले प्रधामन्त्री केपी शर्मा ओलीको बेड रुमसम्म नै बिचौलियाको  ‘एक्सिस’ (प्रवेश अनुमति) छ भनेर भाषण गरेका थिए । त्यसको ठिक १२ दिपछि बैशाख १४ गते एक कार्यक्रममा गगन थापाको नाम नलिइ प्रधानमन्त्री ओलीले गगन थापाको भनाई तुच्छ शब्दमा निन्दा गरे । प्रधानमन्त्री ओलीले आफ्नो सयन कक्षमा बिचौलिया आइपुगेको विषय थापाले प्रमाणित गर्न नसक्ने दाबी गरे ।

साथै के बोलेको त्यो..मलाई दया लाग्छ भनेका थिए । त्यसअघि उनले निलो स्यालको कथा सुनाउँदै सिंहले खाएको कथा बताएका थिए । उनले स्पष्ट रुपमा निलो गगन थापालाई संकेत गर्दै निलो स्यालको हुइयाँ धेरै दिन नटिक्ने दाबी गरेका थिए ।

‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेझै सोहि दिन गगन थापा विरुद्ध अदालतको मान हानी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुन्छ । संवैधानिक नियुक्तिको विषयमा मुद्दा प्रभावित पार्ने उदेश्यले अभिव्यक्ति दिएको भन्दै अधिवक्ताहरु अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले सर्वोच्चमा निवेदन दर्ता गराएका छन् । यो निवेदनमा मंगलबार नै पेशी तोकेको छ ।

यसअघि बैशाख ११ गते एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले ५२ भाइको संवैधानिक नियुक्तिमा सर्वोच्च अदालतमा ठूलो डील भैरहेको आरोप लगाएका थिए । उनले विभिन्न संवैधानिक नियुक्तिलाई हान्दिउ भन्दै अदालतले धम्की दिइरहेको बताएका थिए । यस्तै, उनले नेपाली काँग्रेस केपी बाहरुको जस्तो पार्टी नभएकोले बोलेकै आधारमा कुनै पनि काँग्रेसमा नेता भीम रावल बन्नु नपर्ने बताएका थिए ।

केपी ओलीको धम्की र सर्वोच्चमा मुद्दा परेपछि एकैदिनमा महामन्त्री थापाको बोली एकाएक ‘यु’ टर्न भएको छ । उनले नेकपा एमाले र नेपाली काँग्रेस बिचमा भएको सहमति अनुसार नै सरकार अघि बढ्ने र अहिले सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने बताएका छन् । महामन्त्री थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताए ।

उनले भनेका छन्, ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महशुस गरेको छ  भने राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था हो । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरुप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरुप हामी अब काम गर्न चाहन्छाँ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो इकोनोमिमा देखिएका जतिपनि समस्याहरु छन्, संकटहरु छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसदले केही कानूनहरु पारित गरेको छ । यद्यपि त्यसलाई हामीले प्रारब्धमा मात्रै ठानेका छौँ । त्यो शुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब्ल लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पार्नुभयो । सरकारमा बस्नका लागि मात्रै नभइ परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए । सरकारको चर्को आलोचना गरिरहेका महामन्त्री थापा विरुद्ध मानहानीको मुद्दा दर्ता हुने बित्तिकै प्रधानमन्त्री ओलीलाई साथ दिने अभिव्यक्ति आउनुलाई विषेश रुपमा हेरिएको छ ।

गगन थापालाई प्रधानमन्त्री ओलीले भने, ‘के बोल्या त्यो..बिचौलिया बेडरुमसम्म आएको प्रमाणित गर्न सकिन्छ?’

‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म भयाे, गभर्नर नियुक्तिमा समेत विचौलियाकै हल्ला छ’ महामन्त्री थापा

GBIME

प्रतिक्रिया दिनुहोस्