काठमाडौं । सरकार ढल्ने हल्लाकाबिच प्रधानमन्त्री केपी शर्मा ओली भेट्न काँग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
शनिबार राती १० बजे गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुबाटार पुगेका हुन् । शनिबार रातीको छलफलमा एमालेका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी थिए । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार २ नेताबिच सत्ता कसरी टिकाउने भन्ने विषयमा छलफल भएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनु भएको पनि उनले जानकारी दिए ।
काँग्रेस सभापति देउवा थाइल्याण्ड गएपछि सरकार ढल्ने हल्लाले उच्च प्रथामिकता पाएको थियो । थाइल्याण्डबाट फर्किएपछि विमानस्थलमा प्रत्रकारहरुको प्रश्नमा सभापति देउवाले सरकार ढल्ने विषय आफूलाई थाहा नभएको बताएका थिए । भने परराष्ट्र मन्त्री आर्जु देउवाले नेपालको सरकार ढाल्ने विषय विदेशमा गएर कुरा नहुने बताएकी थिइन् ।
पछिल्लो समय सत्ताधारी २ दलबिच सत्ता संचालनको विषयमा विवाद चुलिदै गएको छ । दुई दलबिच राष्ट्र बैंक गभर्नर नियुक्तिको विषयलाई लिएर सरकार विवाद चर्किएको छ । गर्भनर नियुक्तिमा बिचौलियाहरुले चलखेल सुरु गरेपछि सरकारले ढल्ने स्थितिमा पुगेको हो । सभापति देउवाले बिचौलियाको उम्मेदवारलाई गर्भनर नियुक्त गर्न नसके सरकार बसमा छैन भनेर ओलीलाई पटक-पटक चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई भारत सरकारबाट समर्थन प्राप्त भएको छैन । सभापति देउवालाई प्रधानमन्त्री बन्न उच्च दबाब सृजना भएको छ । देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बचन दिइसकेका छन् । शनिबारको बैठकमा काँग्रेस सभापति देउवाले १४ महिनापछि सत्ता हस्तान्तरणको विषयलाई लिएर पनि प्रश्न उठाएको स्रोतको दाबी छ । १४ महिनापछि प्रधानमन्त्री ओलीले माओवादी सहितका दललाई सत्तामा ल्याएर प्रधानमन्त्री पद लम्ब्याउन सक्ने भन्दै काँग्रेसका दोस्रो तहका नेताहरुले सभापति देउवामाथी चर्को दबाब दिइरहेका छन् ।
मर्यादा क्रममा १२ औं स्थानमा रहेको गर्भनर, एक कर्मचारीको नियुक्तिमा सत्ता नै धरमर
‘१४ महिनामा म राजीनामा दिन्छु अनि शेर बहादुर जी प्रधानमन्त्री’- केपी शर्मा ओली
प्रतिक्रिया दिनुहोस्