काठमाडौं । गृह मन्त्रालयले ६ नायाव प्रहरी निरिक्षकलाई अतिरिक्त प्रहरी महानिरिक्षकमा बढुवा गरेको छ । बैशाख ४ गते बसेको बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
चन्द्र कुबेर खापुङ सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै १ नम्बरमा बढुवा भएका छन् । उनले कुल १०० पुर्णाङककमा ७१.८८ प्रतिशत अंक प्राप्त गरेका छन । दोस्रो नम्बरमा लालमणी आचार्य परेका छन् । उनले ७१.३८ अंक प्राप्त गरेका छन् । तस्रो नम्बरमा कृष्णहरी शर्मा पोख्रेल परेका छन् । उनले ७०.००६ अंक प्राप्त गरेका छन् ।
चौथो नम्बरमा दान बहादुर कार्की परेका छन् । उनले ६९. ९७ प्रतिशत अंक प्राप्त गरेका छन् । यसैगरी, पाचौं स्थानमा राजन अधिकारी परेका छन् । उनले ६९. ४० अंक प्राप्त गरेका छन् । छैटौं स्थानमा डा. मनोज कुमार केसी परेका छन् । उनले ६९.१५ अंक प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्