काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
बैंकले तोकेको सो समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्