काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएके छ । कम्पनीले संस्थापक सेयरधनीह्रुको नाममा रहेको ४ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले २ लाख कित्ता र सर्वसाधारणको लागि २ लाख ८७ हजार १२ कित्ता सेयर सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नक्साल वा प्रधान कार्यालय टंगालमा आवेदन पेश गर्न सक्नेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेबैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्