काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्