Shikhar Insurance
National Life

नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले करिब ११ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अवितरित १० लाख ९० हजार ३ सय ७१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गरी आवेदन माग गरेकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको सेयर लिलाम प्रक्रिया मार्फत् बिक्री खुला गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरको खरिदको लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्न आवेदन दिँदा कम्तीमा १ हजार कित्ता र बढीमा १० ले नि:शेष भाग जाने गरी सम्पूर्ण कित्ता सेयर किन्न सकिनेछ।

सेयर खरिद गर्ने इच्छुक जोकोही व्यक्ति वा संघ संस्थालहरुले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकि बोलपत्र पेश गरी आज फागुन १ गतेदेखि चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयका साथै प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्