Shikhar Insurance
National Life

बीमा प्राधिकरण अध्यक्षको लागि पाँच जनाको नाम सर्ट लिष्टिङ, को-को परे ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार ०७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा प्राधिकरणमा पाँच जनाको नम सर्ट लिस्टिङ भएको छ । छनौट समितिले सोमबार १२ जनाबाट ५ जनाको नाम छानेको हो ।

सर्टलिष्टिङमा शरद ओझा, कमलप्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बस्यौला र रामशरण पुडासैनी परेका छन् । कमलप्रसाद रेग्मी बीमा प्राधिकरणका निर्देशक हुन् । उनी लामो समयदेखी बीमाको क्षेत्रमा कार्यरत छन् । शरद ओझा अधिक्ता तथा पत्रकार हुन् । उनी अध्यापन समेत गराउँदै आएका छन् । नेपाली काँग्रेस निकट ओझा काँग्रेसले प्राधिकरण पाए उनको अध्यक्ष बन्ने सम्भावना बलियो छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रामशरण पुडासैनी पुर्व राजस्व सचिव हुन् । उनी एमाले नेता विष्णु रिमाल तथा शंकर पोख्रेलले अघि सारेका उम्मेदवार हुन् । हाल कृषि बैंकको अध्यक्ष समेत रहेका पुडासैनी एमालेले प्राधिकरण लिए उनी नै अध्यक्ष बन्नेछन् । चिरन्जीवी चापागाई पुर्व बीमा समितीका अध्यक्ष हुन् । माओवादी निकटका चापागाई सर्ट लिष्टिङमा २ नम्बरमा आएका छन् ।

दामोदर बस्यौला स्वास्थ्य बीमा बोर्डका पुर्व कार्यकारी निर्देशक हुन् । उनको कार्यक्षमता कमजोर भएको भन्दै तत्कालिन स्वास्थ्यमन्त्री विरोध खतिवडाले उनलाई निलम्बन समेत गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्