काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) १ लाख ७६ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाल सुन आज १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन २ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्