Skip to content
Shikhar Insurance
National Life

कुन मन्त्रीले दिँदैछन् राजिनामा ? संसदको कार्यसूचिमा राखियो मन्त्रीलाई जिम्मेवारी थप गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । भोली (जेठ १५ गते) हुने संसद बैठकमा कुनै मन्त्रीले जिम्मेवारी थप पाउने भएका छन् । संसदमा प्रतिपक्षी दलका नेताहरुले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरिरहेको समयमा संसदमा कार्यभार थप सम्बन्धि कार्यसूचि परेको हो ।

संसदको कार्यसूचिमा ‘सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्याभार सम्बन्धि पत्रको व्योहोरा पढेर सुनाउनु हुने’ उल्लेख छ । यसको अर्थ कुनै मन्त्रीले राजिनामा वा हटाइदै छन्, अर्को मन्त्रीलाई जिम्मेवारी थप हुँदैछ । दिउँसो भएको दुई दलको छलफलमा आफू राजिनामा दिन तयार रहेको गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र शेर बहादुर देउवालाई बताएका थिए ।

तर दुबै नेताले गठबन्धनमा मुख्य भुमिका खेलेको भन्दै अहिले राजिनामा नदिन दबाब दिएका थिए । यद्यपी मन्त्री लेखकले भोलीसम्म राजिनामा दिने र गृहमन्त्रीको जिम्मेवारी शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिने तयारी रहेको स्रोतको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्