काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल) को अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आव्हान गरेकोमा लगभग सबै सेयर प्राप्त गर्ने कम्पनी बनेको छ एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड ।
कम्पनीले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५ सय ७७ कित्ता मध्ये ४ लाख ७५ हजार ७ सय कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको हो ।
एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा यस, कम्पनी आक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिदै आएको छ ।
अघिल्लो वार्षिक साधारणसभाबाट साविकका संस्थापक सेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट सेयर लिएका र सेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश संचालक चयन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्