काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी सुझाव माग गरेको छ । बैशाख मशान्त भित्रमा आइपुग्ने गरी सुझाव पेश गर्न मन्त्रालयले भनेको हो ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी २०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध मन्त्रालयले एक सूचना मार्फत आग्रह गरेको छ ।
सुझावहरु मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको बजेट सुझाव मार्फत तथा इमेल [email protected] बाट समेत पठाउन सकिने मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरिसकेका छन् ।
समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।
प्रतिक्रिया दिनुहोस्