Shikhar Insurance
National Life

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा चैत १० गते, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १० गते रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको आव २०८०/०८१ सम्मको संचित मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुन आउने नगद लाभांस (वोनस सेयरमा लाग्ने कर प्रयोजनमा लागि मात्र) र १४.२५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोनश सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम जारी तथा चुक्ता पूँजी २९ करोड १३ लाख ३७ हजार ५ सय रुपैयाँ पुऱ्याउने प्रस्ताव स्वीकृत गर्ने सभाको प्रस्ताव रहेको छ । सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षबाट प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै, सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

साथै, सभा प्रयोजनको लागि फागुन २८ गते संस्थाको सेयर दाखिल खारेजी दर्ता कार्य बन्द (बुक क्लोज) रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा फागुन २७ गतेसम्म कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आईएमइ क्यापिटल लिमिटेड नक्शाल, काठमाडौंमा रहेको सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरु मात्र सभामा भाग लिन तथा वोनश सेयर पाउन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्