Skip to content
Shikhar Insurance
National Life

सेयर बजार मैत्री अर्थमन्त्री-गभर्नर, बुल  मार्केटका लागि मौद्रिक नीतिबाट के चाहान्छन् लगानीकर्ताहरु ?

Hyundai
NCELL
NIMB

काठमाडौं । यतिबेला राष्ट्र बैंकका सम्पुर्ण टिम मौद्रिक नीति तयारीमा जुटेको छ । तल्लो स्तरबाट नै सुझाव संकलन गर्ने भन्दै नव नियुक्त गर्भनर डा.विश्वनाथ पौडेल जेठ २२ गतेदेखी जेठ २६ गतेसम्म स्थलगत भ्रमण सकेर फर्किसकेका छन् ।

देशभर प्राप्त सुझावको आधारमा राष्ट्र बैंकको टिमले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

नेपाली पुँजी बजारले लामो समयपछि बजारमैत्री अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नर पाएको छ । २०८१ असार ३० गते विष्णुप्रसाद पौडेल अर्थमन्त्री नियुक्ति भएपछि  सेयर बजार २ हजारको बिन्दुबाट ३ हजारको बिन्दुमा पुगेको थियो ।

अर्थमन्त्री पौडेलले जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गरिरहेका छन् । सो बजेट सेयर बजार अनुकुल नै आएको छ । किनभने सर्ट ट्रम कारोबारमा भारतमा पुँजिगत लाभकर २० प्रतिशत पुगिसकेको अवस्थामा नेपालमा ७ प्रतिशत मात्रै कायाम गरेको छ ।

यस्तै, गभर्नर पौडेलले पनि बजार सुधारका लागि नितिगत परिवर्तन गर्न सुरु गरिसकेका छन् ।  गभर्नर पौडेलले जेठ ११ गते नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेका थिए । उक्त समीक्षाबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको हो ।

समिक्षाबाट सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरेका छन् ।

मौद्रिक नीतिबाट केहि नीतिगत सुधार गर्न सके बजार विकासमा टेवा पुग्ने नेपाल इन्भेष्टर्ट फोरमका पुर्व अध्यक्ष छोटेलाल रौनियारले सिंहदरबारसँग बताए ।

उनले भने, ‘बैंकमा तरलता टनाटन छ, ब्याजदर घटी रहेको छ, बैंकसँग पैसा हुँदा हुँदै काम गर्ने पाएको छैन, लोन लिने मान्छे निकै कम छन्, १५ करोडको क्याप लगाएर कुनै पनि मतलव छैन् ।’ उनले मौरिक नीतिबाट १५ करोड व्यक्तिगत कर्जाको सिमा हट्नुपर्ने माग राखेका छन् ।

मैद्रिक नीतिमा समेटनुपर्ने दोस्रो कुरा माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश दिने भनेर राखेको क्याप खारेज गनुपर्ने रौनियारले बताए ।

उनले भने ‘राष्ट्र बैंक रेगुलेटर हो कन्ट्रोलर होइनन् राष्ट्र बैंकले रेगुलेटरको काम गर्न मिल्छ त्यो सबैले मान्नु पर्छ तर तिमिले कमाएको यति मात्र देऊ भनेको चाहिँ राम्रो होइन । त्यो त आफ्नो क्षेत्रबाट बाहिर आएर कन्ट्रोल गरेको जस्तो देखिएको छ । त्यसकारणले माइक्रोफाइनान्सहरुको हालत खराब रहेको छ ।’

उनले थपे,  “१५ प्रतिशत मात्र लाभांश दिन पाउँने त्यो भन्दा नपाइने भन्ने छ, त्यो राष्ट्र बैंकले हटाउनुपर्छ । एउटा कम्पनीले आफूले कमाएपछि नियममा बसेर खर्चहरुको हिसाब गरेर रिजर्भ राखिसकेपछि कमाइछ भने दिन्छ छैन भने दिदैन राष्ट्र बैंकले त्यसमा अङ्कुश लगाउँन हुदैन ।”

त्यस्तै, पहिला बैंकहरुले सेयर कारोबार गर्थे र कोर क्यापिटलबाट ३ प्रतिशत सेयर किन्न पाउने व्यवस्था रहेको थियो । त्यसबाट पाएको पैसाले लगानीकर्ताहरुलाई लाभांश दिने गरेका थिए त्यसमा पनि राष्ट्र बैंकले अंङकुश लगाउँदा बैंकहरुको आम्दानी घट्दै गएको रौनियारले बताए ।

रौनियारले थपे, “बैंकहरुको आम्दानी घट्दै जाँदा संस्थापक सेयरधनीहरुले सेयर धमाधम बिक्री राखेका छन् अघिल्लो आवमा ९ वटा बैंकहरुले लगानीकर्तालाई कुनै पनि लाभांश दिन सकेनन् । सेयर बजारमा बैंकहरु उठ्न नसक्नुको कारण राष्ट्र बैंकको गलत नीति नियमले हो ।”

उनले थपे, “अर्थमन्त्रीले सेयर बजार अर्थतन्त्रको ऐना, प्रधानमन्त्रीले संसदमा पनि अर्थतन्त्रको ऐना हो, भनेपछि अलिकति खुकुलो आखाँले हेर्नुपर्यो । राष्ट्र बैंकले पनि स्पष्ट नीति ल्याउँनुपर्छ ।”

त्यस्तै, सेयर धितो कर्जामा लगानीकर्ताहरुलाई लगाएको १५ प्रतिशतको क्यापले गर्दा नै बजारले लय लिन नसकेको सेयर लगानीकर्ता संघ नेपलका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले सिंहदरबारसँग बताए ।

त्यस्तै, माइक्रोफाइनान्सको लाभांशमा लगाइएको क्याप खारेज हुनुपर्ने र अर्को भनेको बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्नको लागि बाटो खुकुलो बनाउनु पर्ने उनले बताए ।

उनले भने, “यो सबै कुरा मैद्रिक नीतिमा हट्यो भने सेयर बजारमा बाईङ साइड बलियो हुन्छ ।”

पुँजी बजार संम्बन्ध ४ लगानीकर्ता संघहरुले सयुक्त रुपमा गभर्नर पौडेललाई भेटेर सुझावहरु बुझाईसकेका छन् ।

चालु आर्थक वर्ष २०८२/०८३ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले एनआरएनलाई दोस्रो बजारमा लगानी गर्न मिल्ने घोषणा गरेको बताएका छन् । उनले सरकारले गैरआवसीय नेपालीलाई पनि सेयर कारोबार गर्न दिने भएको बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटबाट गैर आवासिय नेपालीहरुलाई सेयर बजारमा लगानी गर्न अनुमति दिने व्यवस्था गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा)प्रवाह बढ्दै गएको छ । बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने ठूला लगानीकर्ताहरु बढेसँग बैंकहरुको सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । वाणिज्य बैंकहरुले चालु वर्षको १० महिनामा १ खर्ब १३ करोड ७७ लाख सेयर धितो कर्जा प्रवाह गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE