काठमाडौं । सरकारले मुलुकलाई सम्पति सुद्धिकरणको ग्रे लिस्टबाट तोकिएको एक बर्ष भन्दा अघि नै बाहिर निकाल्ने उद्घोष गरेको छ । संयुक्त सदनको बैठकमा आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले तोकिएको समय अघि नै मुलुकलाई सम्पति सुद्धिकरणको ग्रे लिस्टबाट बाहिर ल्याउने घोषणा गरेका हुन् ।
एफएटिएफको म्युचुअल इभ्यालुयसनमा मुलुक सम्पद्धि सुद्धिकरणको खैरो सूचि(ग्रे लिस्ट)मा परेको थियो । यो सूचिबाट बाहिर आउनका लागि नेपालले एक बर्षको समय पाएको छ । सरकारले भने सो भन्दा अघि नै खैरो सूचिबाट बाहिर आउने प्रण गरेको हो ।
सरकारले अझै राम्रो कन्ट्री रेटिङको नतिजा ल्याउन पनि भूमिका खेल्ने बताएको छ । फिट्ज रेटिङले नेपाललाई बीबी माइनस रेटिङ प्रदान गरेको थियो । नेपालले पहिलो पटक कन्ट्री रेटिङ गराएको थियो ।सरकारले कन्ट्री रेटिङलाई निरन्तरता दिँदैै अझै राम्रो नतिजा ल्याउने भनेको हो । त्यसका साथै निजी क्षेत्रलाई अर्थतन्त्रको मुल चालक शक्तिका रुपमा अघि सार्दै जाने पनि भनेको छ ।
प्रतिक्रिया दिनुहोस्