Shikhar Insurance
National Life

नेपाल एयरलाइन्सको सुधार नगरी विश्राम लिँदैनौँ : मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ पुष २५, बिहीबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धता गरेका हुन् ।

उनले अब नेपाल एयरलाइन्सलाई नसुधारीकन विश्राम नलिने बताए । नेपाल एयरलाइन्सलाई सुधार गर्नका लागि समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको बताए । समस्याको पहिचान गरेर सुधार गर्नु अपरिहार्य रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स सेवाप्रदायक संस्था भएकाले एकअर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले सहकार्य हार्दिकता बिना प्रतिफल नमिल्ने जानकारी दिए ।

मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको स्कोप कहिल्यै नघट्ने दाबी गरे । वायुसेवा निगमले सेवा दिनसके यात्रुको कमी नहुने बताए । विमानस्थल बढेसँगै एयरक्राफ्टको संख्या पनि बढेको खण्डमा वायुसेवालाई निकै सुदृढ गर्न सकिने जानकारी दिए । नेपालका कतिपय पहाडी क्षेत्रमा (कर्णाली, कोशी र गण्डकी) मा ठूलो जहाजहरु उड्ने विमानस्थल बनाउन जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्