Shikhar Insurance
National Life

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौं : मन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका सरकारले सर्वपक्षीय सम्मेलन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले पयर्टन क्षेत्रमा निजी क्षेत्रको सभागितालाई बढाउन सर्वपक्षीय सम्मेलन गर्नुपर्ने बताएका हुन् ।

उनले आउँदो २०८२ सालको वैशाखमा कोशी प्रदेशमा सम्मेलन आयोजना हुने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भइसकेको जानकारी गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्मेलनबाट पर्यटन क्षेत्रको विकासका लागि कसले के गर्ने भन्ने निचोडमा पुगिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालय नअल्मलिएको स्पष्ट पारे । उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि सरकारले कार्ययोजना बनाएर काम गरिरहेको उल्लेख गरे । बैठकमा अधिकांश सांसदहरुको देशभरको विमानस्थल सञ्चालनको विषयमा चासो राखेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्