Skip to content
Shikhar Insurance
National Life

पुँजीबजार आएका इन्साइडर ट्रेडिङ लगायतका गलत गतिविधिहरू नियन्त्रण गर्नेछौं : कार्यकारी निर्देशक अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीबाट प्राप्त मार्गदर्शन अनुसार पुँजीबजारलाई उच्च प्राथमिकता दिँदै इन्साइडर ट्रेडिङ लगायतका गलत गतिविधिहरू नियन्त्रण गर्ने र असल अभ्यासलाई प्रोत्साहन गर्न आवश्यक कदम चाल्ने बताएका छन् । आइतबार आयोजित नेपाल धिताेपत्र बाेर्डकाे ३३औं वाषिकाेत्सवको अवसरमा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘ आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश पुँजीबजारसम्बन्धी नीति तथा कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने, विश्वव्यापी अभ्यासअनुसार सुधारका उपायहरू अपनाउने र बजारमा वित्तीय उपकरण तथा औजारहरूको विविधीकरणमा समेत जोड दिनेछाैं।’

उनले पुँजीबजारकाे सुधारमा जोड दिँदै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धतामा जाेड दिने बताएका छन् ।  उनले भने ‘हालसम्म बोर्डको कार्यप्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे पनि अगामी दिनमा समन्वयात्मक रूपमा सुधारका प्रयास अघि बढाइनेछ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्