Shikhar Insurance
National Life

‘समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्छ’ अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन् ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्