Skip to content
Shikhar Insurance
National Life

छाङ्गरु पुग्ने घोडेको बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँ: प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको बताएका छन् । बिहिबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले स्थानीयहरुको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको बताए । उक्त मार्ग निर्माण पूरा भएपछि आफ्नो देशको भूभागमा जान छिमेकी देशको बाटो प्रयोग गर्न नपर्ने उनको भनाइ छ ।

उनले भने, ‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपटि नेपालका छाङ्गरुलगायतका गाउँहरु छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन । अहिले त्यस सम्बन्धमा तत्कालका लागि अर्को देशको बाटो भएर जान नपरोस् आफ्नो देश आफ्नै बाटो भएर जान पाइयोस् भनेर त्यहाँका जनताले माग राख्नुभए बमोजिक तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा पाँच करोड बजेट चाहिन्छ त्यति बेजेट भयो भने हामी घोडेटो बाटो बनाउन सक्छौँ त्यो बाटोले पारिपट्टि भएर जानुपर्दैन त्यसो भएर हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरुले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरुमा सडकमार्ग पुर्‍याउने काम भइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्