Skip to content
Shikhar Insurance
National Life

पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तिब्र पारेका छौँ: गृहमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिे अघि बढेको बताएका छन् । बिहिबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरुको डिडिएको काम अघि बढाइएको बताए । जाजरकोटमा पुन: स्थापन, पुन: निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको बताए ।

केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि बताउँदै गत आश्विन महिनाको अविरल वर्षाका कारणले वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

गृहमन्त्री लेखकले भने, ‘खास गरेर डोटीमा,बझाङमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर जुन भूकम्प गएको थियो । त्यसका बारेमा डिडिए हुन नसकेका ठाउँमा डिडिए गर्ने, डिडिए गर्नुका साथै डिडिए भएका ठाउँमा निजी अस्थायी आवासहरु निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ । पश्चिम नेपाल भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफैँ गएर उद्घाटन गरेर आएको थिएँ । त्यसका बारेमा आजको बैठकमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्बबाट उत्पन्न पीडा, पीडितहरुको डिडिए गर्न बाँकी रहेको जति काम पनि द्रुत गतिमा अघि बढेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा स्थायी आवास निर्माणको काम पनि अघि बढेको छ ।’

‘जाजरकोटमै पनि पुन: स्थापन, पुन: निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको छ । यहाँबाट अनुदान जाने काम प्रारम्भ भएको छ । डेढ, दुई वर्षदेखि रोकिएको काम अघि बढेको छ । गत आश्विन महिनाको अविरल वर्षाका कारणले खास गरी वागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको थियो, त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको छ । हप्ता दिनभित्र काम अघि बढाउँछौँ । निजी अस्थायी र स्थायी पनि बनाउने हो । चाँडै अघि बढ्छौँ । आगामी दिनमा विपद्बाट हुनसक्ने जोखिमका लागि सबै खालका जोखिमका लागि तयार रहने र त्यो किसिमको तयारीका साथ अघि बढ्ने कुराकानी भएको छ’ उनले बताए ।

गृहमन्त्री लेखकले आगामी दिनमा विपद्बाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्