Skip to content
Shikhar Insurance
National Life

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ: सभापति खतिवडा

Hyundai
NCELL
NIMB

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उनको भनाइ छ ।

सभापति खतिवडाले भने, ‘हामी सबैको चाहना छिटो होस् भन्ने हो । यो अति आवश्यक र महत्त्वपूर्ण कानून हो । यसलाई छिटो छिटो भन्दा छिटो सकेर सदनमा पठाउने गरी नै छलफल प्रारम्भ गरेका छौँ । यसमा सबै मान्यज्युहरु सकारात्मक हुनुहुन्छ । यसै सन्दर्भमा मिल्छ की सरकारले अर्को ल्याउनुपर्छ, ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि एउटा धारणा आओस् ।’

सभापति खतिवडाले ब्रिटिश आर्मीमा काम गर्ने र एनआरएनएको बारेमा पनि सरकारले एउटा धारणा बनाउनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्